नेपालमा ४४ सय ८७ संक्रमित थपिए, ६ हजार ८० जना संक्रमण मुक्त, थप ११६ जनाको मृत्यु,

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १५ गते शनिवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। १४ हजार ६ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३ सय ११ र ७ सय ४६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । शनिवार देशभर सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५ सय ९ रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ८० जना संक्रमण मुक्त भएका छन्। यो अवधिमा १ सय १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ७ हजार १ सय ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार