नेपालमा शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ५ गते शुक्रवार

काठमाडौँ :  नेपालमा शुक्रबार थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ८३८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए ।

अहिले देशका विभिन्न आइसोलेसनमा १२ हजार १ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा २ सय ५० जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ जना रहेको छ । अहिले देशभरीका क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना रहेका छन् । शुक्रबार पीसीआर विधिबाट १३ हजार ५ सय ७९ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा १२ हजार २ सय ३४ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार