नेपालमा पछिल्लो २४ घण्टामा ३४७९ संक्रमित थपिए, ६६३६ जना डिस्चार्ज, ९९ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २३ गते आइतवार

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा हुने ६ हजार ६ सय ३६ संक्रमणमुक्त भएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४ सय ७१ पीसीआर परीक्षणमध्ये तीन हजार २४ संक्रमित र तीन हजार २ सय ६२ परीक्षणमध्ये चार सय ५५ संक्रमित गरी जम्मा तीन हजार ४ सय ७९ मा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९९ हजार २ सय १७ रहेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ९९ संक्रमितले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार