काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने र निको हुनेको संख्या बराबर जस्तै देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १ सय ५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५ सय ११ र ७ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ८९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गत २४ घण्टामा १ सय २९ जना संक्रमितको मृत्यु भएको छ भने ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस