काठमाडौं : नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा आजथप थप ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ७५६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ६५९ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ भने मृतकको संख्या ३ हजार ४७५ पुगेको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो ।