नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि, ४९५४ जना संक्रमणमुक्त , ४१ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ असार ८ गते मङ्गलवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ९१३ वटा नमूना परीक्षण गराउँदा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार २०४ नमूनाको पीसीआर र ४ हजार ५०९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार