नेपालमा थप २८२८ जनामा संक्रमित, ३०८२ संक्रमणमुक्त, ५२ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ असार २ गते बुधवार

काठमाडौं :  नेपालमा पछिल्लो  २४ घण्टामा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टीजेन गरी १३०२२ जनाको परीक्षणमा २८२८ जना संक्रमित भएका हुन् । सोही अवधिमा कोरोनाबाट ३०८२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ८८.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा ८५५८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार