काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६० जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । त्यसैगरी २४ घण्टामा ११ हजार ६९६ जनामा परीक्षण गर्दा २४ सय १ मा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस