नेकपा दाङका नेता कार्यकर्ता प्रतीक्षालय निर्माणमा व्यस्त 

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १९ गते बुधवार


हेमन्त वली , 

दाङ  : विप्लवले नेतृत्व गरेको नेकपा दाङका नेता  कार्यकर्ताहरू कोरोना विशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन्। नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतलले मंगलवार  बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेका थिए। प्रतीक्षालय निर्माण एक साता भित्र सम्पन्न गर्ने नेकपा दाङले जनाएको थियो।  पार्टीको लक्ष्य, योजना र समयभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्देशन अनुरूप पार्टी निकट जनवर्गीय संगठन युवा संगठन नेपाल, अखिल (क्रान्तिकारी) , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र जन पत्रकार संगठन नेपालका नेता कार्यकर्ताहरू प्रतीक्षालय निर्माणमा निरन्तर खटिरहेका छन्। युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलकको कमान्डमा २५ जना नेता कार्यकर्ताहरू दैनिक श्रम गरिरहेको नेकपा दाङका सेक्रेटरी प्रदिपले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार