निर्वाचन आयोगले भन्यो माओवादी केन्द्र वैधानिक

Author Logo..
अनलाइन राप्ती २०७८ असार २७ गते आइतवार

काठमाडौं  :  निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले पूर्वमाओवादी नेताहरूको दावीलाई अवैधानिक ठहर गर्दे नेकपा माओवादी केन्द्रलाई वैधानिकता दिएको हो। नेकपा माओवादीको केन्द्रको दल दर्ता खारेजीको माग गर्दै एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा आयोगमा उजुरी गरेका थिए। आयोगक सचिव सुरेश अधिकारीले नेपालको प्रचिलत कानून तथा राजनीतिक दल ऐन तथा उपलब्ध तथ्यहरुका आधारमा नेकपा माओवादी केन्द्रको पार्टीको अस्तित्व बैधानिक भएको बताएका छन् । त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले पूर्णत खारेज गरेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार