नारायणपुर उद्योग वाणिज्य संघले ल्यायो अटो एम्बुलेन्स सेवा

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २ गते आइतवार


दाङ : कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको बेला बिरामीलाई सहजता दिलाउन नारायणपुर उद्योग वाणिज्य संघले अटो एम्बुलेन्स सेवा सुचारू गरेको छ । सङ्क्रमण बढ्दै जाँदा जेठ १ गतेदेखि नारायणपुर बजार पूर्ण रूपमा शिल गरिएको छ । कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि संघले अटो एम्बुलेन्स सुरू गरेको संघका अध्यक्ष अभियान बस्नेतले बताए । उनल भने,‘ निषेधाज्ञाको बेला र सङ्क्रमित एवम् सम्भावितको पिसिआर जाँचका लागि यातायातको समस्या भएको र प्रशस्त मात्रामा एम्बुलेन्स उपलब्ध नभएका कारण अटो एम्बुलेन्स सुरू गरेका हौँ ।’

अहिले ५ वटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अटो एम्बुलेन्सले सङ्क्रमितलाई अस्पतालमा पु¥याउने र सम्भावितलाई पिसिआर चेकजाँचका लागि ओसार पसार गर्ने छन् । संघले अटो चालकको ५ लाखको विमा गरिदिएको छ । उनीहरूलाई स्वास्थ्य सामग्री तथा पिपिइ सेट उपलब्ध गराएको छ । अटो व्यवस्थापनको लागि संघका वाणिज्य उपाध्यक्ष तिलक महारालाई जिम्मेवारी दिइएको छ । अटो एम्बुलेन्सका लागि प्रयोग भएका अटो रा १ ह २८७०र विनोद भण्डारी ९८४७८२९२३२, रा १ ह २२६८र दामोदर घिमिरे स् ९८०९८३२७२३, रा १ ह ३४१४र गोपाल बहादुर नेपाली स् ९८२९७२४९४, रा १ ह ३३४६र डिल्लीराज आचार्य, ९८६८९९३४०६ रा १ह २८१५र विजय पौडेल ९८६०४९८७००

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार