नवनियुक्त प्रधानमन्त्री देउवाको प्राथमिकता चुनाव : पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७८ असार ३० गते बुधवार

फाइल तस्बिर

काठमाडौं  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावलाई प्राथमिकता दिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले देउवाले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य प्राथमिकतामा चुनाव रहेको जिकिर छ। ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अब चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो ।  ’  देउवाले अर्थमन्त्रीको जिम्मेवारी माओवादी नेता जनार्दन शर्मालाई दिएका छन् भने गृहमन्त्री आफूनिकट नेता बालकृष्ण खाणलाई बनाएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार