दाङमा ४५ सय १५ जना क्वारेन्टाइनमा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १७ गते शनिवार

दाङ : दाङका १० स्थानियतहमा निर्माण गरिएको क्वारेन्टाइनमा शनिवार सम्म ४५ सय १५ जनालाई राखिएको छ । जिल्लामा अहिले सम्म १४७ वटा क्वारेन्टाईनहरु संख्या रहेकोमा ६ हजार ३९७ बेड रहेको जनस्वास्थय कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

तुलसीपुरमा ४७४ जना, राजपुर गाउँपालिकामा १७९, राप्ती गाउँपालिकामा ५६०, शान्तिनगरमा १०५, घोराहीमा १५ सय, बंगलाचुलीमा १ हजार १४, गढवामा ४१८, बबईमा ५२, लमहीमा १५५,दंगीशरणमा ५८ जना क्वारेन्टाइनमा रहेको फोकल पर्सन चन्दले बताए ।

त्यसैगरी शनिवार सम्म जिल्लामा कोरोना परिक्षण गर्नको लागी १९ सय ६६ जनाको स्वाब संकलन गरिएको र त्यस मध्य ८ सय १० जनाको पिसीआर विधीबाट परिक्षण गर्दा २५ जनाको कोरोना पुष्टि भएको र ७ सय ९३ जनालाई नेगेटिभ देखिएको समेत उनले बताए ।

त्यसैगरी ११ सय ४८ जनाको स्वाब परिक्षणको क्रममा रहेको उनको भनाई छ । त्यसैगरी जिल्लामा आरडिटीबाट शनिवार सम्म ५३४ जनाको कोरोना चेकजाँच गर्दा ३ जनामा पोजेटिभ देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार