दाङमा छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्युु

Author Logo..
२०७६ पुष १६ गते बुधवार

फोटो : प्रेम केसी

झुपु क्षेत्री ,हापुरे । दाङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार बेलुका बबई गाउँपलिका २ रातामाटामा रा १ त ३२५७ नम्बरको ट्याकटर करिब ८ बजे दुर्घटना हुदा बबई ५ जौबारीका चालक खुम ब बुढाथोकीको घटना स्थलमा मृत्युु प्रहरीले जनाएको छ र अर्का सहचालक रातामाटा निबासी टोप जंग खत्री गम्भीर घाइते भएको र उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको स्थानिय झुपु क्षेत्रीले बताए ।

त्यसैगरी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकि बबई ५ पूर्ब हापुरे निवास ६६ बर्षिय मगली रोकाको उपचारको क्रममा मंगलबार भारतको लखनाऊमा मृत्यु छ । उनलाई यही पुस १३ गते मोटरसाइकलले ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार