
तुलसीपुर , तुलसीपुरमा पानीको तलाउमा डुबेर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १५ पत्खौली निवासी शंकर चौधरीकी ६ बर्षिया छोरी समिक्षा चौधरीको पानीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
बुधवार दिउँसो २ बजे घरबाट विष्कुट किन्ने भन्दै पसल जाने क्रममा तुलसीपुर १५ कन्जवारमा रहेको जग्गा सिंचाई गर्न बनाईएको तलाउमा खस्दा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डम्मर पालले बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस