दाङमा खहरे खोलाले बगाउँदा एक ब्यक्तिको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ असार ९ गते बुधवार

दाङ :  दाङमा खहरे खोलाले बगाउँदा एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरी बुधवार दिउँसो खेतबारीमा गएको र घर फर्किने बेला स्थानीय खहरले खोलाले बगाएको थियो । खोलाले बगाएको देखेपछि उनलाई स्थानीयले उद्धार गरि लमही अस्पतालमा उपचार गर्न ल्याएको र उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी । चौधरीको बेलुका पौने ५ बजेतिर मृत्यु भएको हो । उनको शवलाई अहिले पोस्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार