दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २८ गते मङ्गलवार

दाङ :  दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ नयाँ बस्ती निवासी ४५ बर्षीय टेक बहादुर गन्धर्व रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई सोमवार साँझ ५ बजेतिर करेन्ट लागेको हो । आफ्नै घरको बारीमा काम गर्ने क्रममा करेन्ट लागी गन्धर्व घाईते भएका थिए । उनलाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको भएता पनि डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको बारमा इप्रका नारायणपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार