दाङमा अबैध भरुवा बन्दुक सहित एक युवक पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ असार २४ गते बिहिवार

दाङ :  दाङमा प्रहरीले जंगलमा सिकार खेल्न गएका एक युवकलाई अबैध घरेलु हतियार भरुवा बन्दुक सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका २ का २४ वर्षीय मेघराज पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार साँझ करिब ८ बजेतिर पुनमगर बन्दुक लिइ सोही ठाउँमा रहेको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न गएको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीबाट गएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । साथै पुनमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार