दाङका स्वास्थ्यकर्मीको पीडा, आफु संक्रमित हुदाँ बेड नपाइने अवस्था

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २६ गते आइतवार

विकास डाँगी
दाङ :  दोस्रो चरणको कोरोना महामारीमा अहिले सबै भन्दा पीडामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेका छन् । हुन त चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आपत विपतको बेला नै हो ,धेरै खट्ने । तर, उनीहरु अहिले महामारीको बेला जसरी ज्यान नै जोखिम राखेर काम गरेका छन् । राज्यबाट उनीहरुलाई खासै सहयोग नभएको पनि गुनासो गरेका छन् । उनीहरुले दिन रात नभनी संक्रमितहरुको उपचार गर्दै आइरहेको छन् । अहिले उनीहरुले आफ्नो घर परिवारको भन्दा पनि कोरोना संक्रमतिहरुलाई सेवा गर्दै आइरहेका छन् । यहि बैशाख २० गते तुलसीपुर ९ निवासी बबई गाउँपालिकाका कोभिड १९ फोकल पर्सन शरदराज गिरीकी आमाको मृत्यु भयो । उनले आफ्नो फेसबुक मार्फत आफ्नो पीडा पोखेका छन् । ‘मम्मी हजुरलाई औषधि गर्ने मौका नि पाइएन् । आजदेखि आमाको साइनो नै सकियो ।’ उनी पछिल्लो चरणमा देखिएको कोरोना महामारीका कारण रात दिन फिल्डमा खटिएका थिए । जसका कारण आमा विरामी हुदाँ समेत औषधि गर्नको लागि मौका पाएनन् । उनी त एउटा प्रतिनिधी पात्र मात्र हुन् । अहिले कोरोना महामारीले विश्वभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अवस्था यस्तै छ । त्यस्तै तुलसीपुर उपमहानगपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड १९ फोकल पर्सन विमल केसीले पहिलो चरणको कोरोना भन्दा यस पटकको बढि जोखिम रहेको बताए । उनले अहिले आफुहरु २४ सैं घण्टा कोरोना संक्रमितहरुको उद्धारमा खटिरहेको समेत बताए । गत बर्षको कोरोना संक्रमितको संख्याहरु बढ्छ की जस्तो लागेको थियो । तर यस पटक भने कोरोना संक्रमणसंगै मृत्यु हुनेको दर पनि बढि रहेकाले चिन्ताको विषय बनेको उनको भनाइ छ । ‘ हामीलाई जतिसक्यो विरामीहरुको सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने,‘ तर, पूर्वाधार संयन्त्र जस्ता कुराहरु मिल्दैन् । त्यति बेला मन साह्रै मन दुखेको हुन्छ । हामीले सबै सेवाहरु दिन खोजेका हुन्छ । कतै न कतै केहि कुराहरु पुगेको हुदैन् । पहिलेको तुलनामा यस पटक धेरै खटिनु परेको समेत उनले बताए । उनले भने,‘ अरु कुरा छाडौँ अहिले फोन उठान समेत फुर्सद छैन् ।

विभिन्न ठाउँहरुबाट फोन आउँछ । कसैलाई अक्सिजन चाहियो । कसैले कोरोनाको रिपोर्ट कहिले आउँछ । कसैलाई एम्बुलेन्स चाहियो । ’ त्यस्तै उनले आफुहरुलाई उपमहानगरपालिकाले राम्रो ब्यवस्थापन गरेको समेत बताए । ‘ अहिले हामीलाई पैसा होइन् । हामीलाई स्वास्थ्य सामाग्री र संक्रमितहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्नेमा चिन्ता हो । त्यो पनि उपमहानगरबाट सहयोग पाइदै आएका छौँ । पैसाको कुरा पछि गरौँला तर, हामीलाई संक्रमितको ज्यान कसरी बचाउने हो ?भन्ने ठुलो चिन्ता हुन्छ ।’ त्यस्तै फोकल पर्सन केसीले अहिले आफुहरुले संक्रमितहरुको उद्धारमा लागि परिरहेको अवस्थामा आफुलाई पनि संक्रमण भएमा अहिलेको बेड नपाइने अवस्था भएकाले त्यसतर्फ राज्यले ध्यान दिनु पर्ने बताए । उनले हामी स्वास्थ्यकर्मीहरुको लागि छुट्टै आइसोलेशन ब्यवस्थापन भए सहज हुने समेत बताए । उनले थपे,‘ हामी फिल्डमा खटिएका स्वास्थ्यकर्मीहरुलाई यदि संक्रमण भयो, भने कहाँ बस्ने भन्ने अवस्था छ । यदि जिल्लामा स्वास्थ्यकर्मीहरु लागि आइसोलेशनको ब्यवस्था भए हामीलाई काम गर्न थप हौसला हुन्थ्यो होला । अहिले धेरै स्वास्थ्यकर्मीहरु घरबाट आउने जाने गर्नु भएको छ । हामी मात्र नभइ हाम्रो परिवारलाई समेत संक्रमण हुने डर छ । ’ साथै, उनले आफुले कोरोना विरुद्दको खोप लगाएकाले पनि धेरै ढुक भएको समेत बताए । त्यस्तै शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरी पुनले पनि गत बर्षको भन्दा यस पटक स्वास्थ्यकर्मीहरु धेरै खटिनु परेको बताए । गत बर्ष कोरोनालाई नागरिकहरुले हल्का रुपमा लिएका थिए, तर, यस पटक धेरै जनाको ज्यान जान थाले पछि नागरिकहरु त्रासमा रहेको समेत उनले बताए । ‘ अहिले सबै भन्दा चिन्ता हामीलाई नागरिकहरुलाई कसरी बचाउने भन्ने छ,’ उनले भने,‘ अहिले गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन संचालन गरेको छ । तर, त्यहाँ पर्याप्त मात्रामा अक्सिजन सिलिण्डर छैन् । अहिले आइसोलेशनमा भर्ना भएकालाई कि अक्सिजनमा राख्न पर्छ । की भने आइसियूमा जिल्लामा अक्सिजन अभाव छ । आइसियू पाउने कुरै भएन् । हिजो आज २४ सैं घण्टा संक्रमितहरुको फोन आइरहेको हुन्छ ।’ पालिकामा ८.१० वटा अक्सिजन सिलिण्डर छन् । त्यसले कति जनालाई दिने ? यताको लाई दिए, उताको मर्ने, उताको दिए, यताको मर्ने अवस्था भएकाले सबै भन्दा बढि पीडा यहि रहेको उनको भनाइ छ ।

त्यस्तै अहिले एक सय जनालाई कोरोना परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि देखिन थालेको भन्दै उनले स्वास्थ्यकर्मीहरु समेत जोखिममा रहेको बताए । आइसोलेशनमा भर्ना भएकाले मात्र पुरा स्वास्थ्य सामाग्रीहरु प्रयोग गर्ने गरेता पनि अन्य स्वास्थ्यकर्मीहरुले मास्क र पञ्जा लगाएर काम गर्दा धेरै स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएको उनको भनाइ छ । ‘ स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुन थालेका छन्,’ उनले थपे,‘ अब डिउटीमा कसलाई राख्ने टुङ्गो छैन् । कसरी विरामीहरुलाई हेर्ने हो । धेरै समस्या हुन लाग्यो । अब आफु मर्न लागे कसैले बचाउने हो टुङ्गो छैन् । अरुलाई पनि कस्ले बचाउने हो ? भन्ने अवस्था आउन लागेको छ ।’ त्यस्तै सबै भन्दा बढि गाउँपालिकामा अहिले स्वास्थ्यकर्मीहरु खटिए रहेको उनले बताए । ‘ अहिले विदा छ । गाउँपालिकाका सबै कर्मचारीहरु फुर्सिदिला भएर बसेका छन्,’ उनले भने,‘ स्वास्थ्यकर्मीहरु भने २४ सैं घण्टा खटिएका छन् । अफिस समय कुन हो । आज के बार हो । भन्ने समेत थाहाँ नभएको अवस्था छ ।’ जस्तै आज डिउटी गरेका स्वास्थ्यकर्मीहरु पनि २/३ दिन पछि आफै कोरोना संक्रमित भएको अवस्था रहेको समेत संयोजक पुनले बताए । उनले स्वास्थ्यकर्मीहरुको हौसला बढाउनको लागि उपचारका लागि पर्याप्त मात्रामा सामाग्रीहरु र उनीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु पर्याप्त मात्रामा हुनु पर्ने बताए । त्यस्तै उनले स्वास्थ्यकर्मीहरुलाई राहत हुने कार्यक्रमका प्याकेज ल्याउनु पर्ने समेत बताए । अहिलेको अवस्थामा बेडहरुको अभावले गर्दा संक्रमित स्वास्थ्यकर्मीहरुले पनि बेड नपाउने अवस्था आएको समेत उनले बताए ।

अहिले धेरै प्रयास गरेर संक्रमितहरुलाई बेडको ब्यवस्था मिलाइदै आएको छ । तर, आफु संक्रमित भएमा कसले मिलाइ दिन्छ, त्यसैले स्वास्थ्यकर्मीहरुको लागि छुट्टै आइसोलेशनको ब्यवस्था हुनु पर्ने उनको भनाइ छ । साथै, गत बर्षको भन्दा यस पटक टोल छिमेकीहरु स्वास्थ्यकर्मीहरुलाई हेने दृष्टिकोणमा फरक भएको समेत उनले बताए । ‘ गत बर्ष आफु जस्ता स्वास्थ्यकर्मीहरु देख्ने वित्तिकै टोल छिमेकीहरु डर त्रासले भाग्ने गरेको भएता पनि यस पटक त्यस्तो नभएको समेत उनले बताए । त्यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीका ब्यवस्थापक एवं हेल्थ असिस्टेन दोर्ण वलीले आफुहरुको पेसा नै आपत विपतको समममा जुध्नको लागि भएको बताए । आफुहरु मुख्य सेवा नै विरामीहरुलाई निको बनाएर घर पठाउने भएता पनि अहिले अस्पतालमा अक्सिजनको अभावले गर्दा विरामीहरु छटपछाइको दृश्य देख्दा साह्रै मनमा पीडा हुने उनको भनाइ छ । त्यस्तै, उनले गत बर्ष कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खान र बस्नको लागि ब्यवस्था गरेको भएता पनि यस पटक त्यो नहुदाँ धेरै समस्या भोगेको बताए ।‘ उनले भने,‘ एकातिर जिल्लामा लकडाउन छ । अर्काे तिर घोराही र तुलसीपुरबाट स्वास्थ्यकर्मीहरु बेलझुण्डी आउनु पर्छ । यदि आज डिउटी गरेको स्टाप भोली डिउटी गर्न आउछ की आउदैन् भन्ने हामी ब्यवस्थापकलाई चिन्ता हुन्छ । ’ उनका अनुसार पछिल्लो समय कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएपछि स्वास्थकर्मीका परिवारहरु समेत भावुक भएको अवस्था छ । उनीहरुले आफ्ना छोरा छोरीलाई अस्पतालमा नपठाउँने हुन की भन्ने कुरामा चिन्तित हुन्छौँ । साथै स्वास्थकर्मीहरु पनि त्रासमा हुने गरेको ब्यवस्थापउनले स्वास्थ्यकर्मीहरुको लागि अस्पतालमा कम्तिमा ५ वटा बेडहरु छुट्टै ब्यवस्थापन हुनु पर्ने समेत बताए। कोरोना विशेष अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी लगाएत कर्मचारीहरु गरी १०५ जना रहेको ब्यवस्थापक वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार