दाङका नीजि अस्पतालले कोरोना महामारीका सहयोग गर्न तयार, तर राज्यले समन्वय नगरेको गुनासो (भिडीयो रिपोर्ट)

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २९ गते बुधवार

दाङ :  दोस्रो चरणको कोरोना महामारीको बेला दाङका नीजि अस्पतालहरुले अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको लागि छुट्टै बेडहरु ब्यवस्थापनको तयारी गरेको भएता पनि अक्सिजनको अभावले गर्दा समस्या भएको बताएका छन् । त्यस्तै अस्पतालहरुले आफुहरुसंग अहिले सम्म राज्य कुनै समन्वय नगरेको समेत उनीहरुको भनाइ छ । उनीहरुले यस्तो महामारीमा नीजि अस्पतालहरु पनि सहयोगको लागि तयारी भएता पनि अहिले सम्म कतैबाट केही कुरा समन्यव नभएको नीजि अस्पतालहरुको भनाइ छ । दाङको घोराहीमा रहेको गोर्खा पब्लिक हस्पिटल प्रालिका संचालक डा. जनार्दन पन्थीले अहिले कोरोना महामारीको समयमा सरकारले नीजि अस्पतालहरुसंग पहल नगरेको बताए । उजले भने,‘ नीजि अस्पतालहरु पनि राज्य अप्ठेरोमा परेको बेला अस्पताल दिदैनौँ, भन्नु पाइदैन् ।

तर, ति अस्पतालहरुमा राज्यले भाडाँमा लिएर भएपनि काम गर्नुपर्छ । त्यसका लागि नीजि अस्पतालहरु तयारी रहेका छन् ।’ तुलसीपुरमा रहेको तुलसीपुर सिटी हस्पिटल प्रालिले ५ वटा बेडहरु छुट्टै ब्यवस्था गरेको अस्पतालका प्रबन्ध निर्देशक हेमराज बस्नेतले बताए । उनले तुलसीपुरका केही नीजि अस्पतालहरुले करिब ५० बेडको कोरोना संक्रमितहरुको उपचारका लागि बनाउने योजना रहेको भएता पनि अक्सिजन अभावले गर्दा समस्या भएको बताए । त्यस्तै तुलसीपुरमा रहेको राप्ती लाइफ हस्पिटल प्रालिले पनि अहिले अस्पतालमा आउने कुनै पनि विरामीहरुलाई उपचार नगरी फिर्ता नपठाउने गरेको जनाएको छ । अस्पताल अहिले ५५ बेडमा संचालन हुदै आएको छ । तर, अस्पतालमा अक्सिजनको अभावले गर्दा समस्या भइरहेको अस्पतालका प्रबन्धक जीवन भण्डारीले बताए । अस्पतालहरुमा अहिले ओपिडीका विरामीहरु भन्दा पनि इमेरजेन्सीका विरामीहरु आउने गर्दछन् । अहिले पनि नीजि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भइरहेको छ । जसका कारण पनि विरामीहरुको उपचार गर्न समस्या भइरहेको घोराहीमा रहेको गोर्खा पब्लिक हस्पिटल प्रालिका ब्यवस्थापक दिनेश आचार्यले बताए ।

https://youtu.be/2bbbjuP5PhA

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार