दाङ : सिसा नेपाल दाङ द्धारा जिल्लाका दुई कोरोना विशेष अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सेवा प्रवाहमा थप सहयोग पुग्ने भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । सिसा नेपाल दाङका केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ प्रमुख आतिथ्यता एवं प्रहरी प्रमुख सुरेशकुमार काफ्लेको विशिष्ट आतिथ्यता स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । जिल्लामा रहेका लमही कोरोना विशेष अस्पताल देउखुरी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई करिब पाँच लाख बराबरको सामाग्री प्रमुख जिल्ला अधिकारी कुरुम्बा मार्फत हस्तान्तरण गरिएको हो । कारितास नेपाल र कारितास जर्मनीको आर्थिक सहयोग र सिसा नेपाल दाङको समन्वयमा बिहीवार एक औपचारिक कार्यक्रमका बिच बेड सिट, टेन्ट, पानी ट्याकीं, सेनिटाइजर, गोलोप्स, मास्क लगायतका सामाग्री प्रदान गरिएको सिसा नेपाल दाङका केन्द्रिय अध्यक्ष सिद्धिकीले जानकारी दिइन् । त्यस्तै कार्यक्रमको सहजिकरण दीपक वलीले गरेका थिए ।