दाङ : दंगीशरण गाउँपालिका स्तरीय युवा संजालले “मेरो आइसोलेशनमा, मेरो अक्सिजनका लागि, मेरो एक हजार’’ अभियान शुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेएको कोभिड १९ को असरले समाजका हरेक क्षेत्रमा आक्रान्त ,डर,त्रास,बनाइरहेको अवस्थामा महामारी तथा संक्रामक रोगबाट बच्न ,बचाउन र समाजलाई सुरक्षित राख्नको लागि आफुहरुले यो अभियानको शुरु गरेको संजालका अध्यक्ष चक्र मिलन विकले जानकारी दिए । उनले सबैको साझा प्रयत्नबाट नै कोभिड विरुद्ध लड्न सकिने भएकाले सबैले साथ दिनु पर्ने समेत बताए । दोस्रो चरणको कोरोना महामारीमा अक्सिजन नपाएर,बेडहरु नपाएर, घरमा वा अस्पतालमा छट्पटीएर नमानिसहरु मृत्यु भइरहेको अवस्थामा आफुहरुको अभियान केही राहत पुग्ने भएकाले शुरु गरेको उनको भनाइ छ । आफुहरुको अभियानबाट सहयोग हुने रकमले गाउँपालिकामा आइसोलेशन बेडहरु बृद्धि गर्ने , आइसोलेशनमा बसेको कोरोनाका विरामीहरुका लागि अक्सिजन खरिद गर्ने र पोसिलो खाना, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु आदि खरिद गर्न योजना रहेको समेत अध्यक्ष विकले जानकारी दिए । उनले यस महानअभियानलाई सफल बनाउन ,सार्थकता बनाउन स्वदेश तथा विदेशमा रहनु भएका दाजुभाई तथा दिदीबहिनीहरुबाट आशा , भरोसा र विश्वास गरेका भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।
आफुहरुको अभियानबाट संकलित रकम पारदर्शी र स्वाभिमानीका साथ गाउँपालिकाको कोभिड विपद् कोषमा हस्तान्तरण वा यस्तो विपत कार्यमा सहि सदुपयोग समेत बताए । त्यस्तै “मेरो आईसुलेसनमा, मेरो अक्सिजनका लागि, मेरो एक हजार“ अभियानमा नमुना युवा संसदका पूर्व सदस्य सालिकराम चौधरीले एक हजार ५००, अर्का पूर्व सदस्यले १ हजार १११ र ६ निवासी अनिल चौधरीले १ हजार ५१५सहयोग गरेको समेत उनले जानकारी दिए । उनले सहयोग गर्ने ब्यक्तिहरुले गाउँपालिका स्तरिय युवा संजालको खाता भएको नेपाल क्रेडिट एण्ड कर्मशियल बैंक हेकुली शाखामा रहेको खाता नं. ११४०००००४३१०१ मा तथा अध्यक्ष चक्र मिलन वि.क ९८४४९३६१२६, उपाध्यक्ष विन्दु योगी ९८६६२०६९४३, सचिव अंकित आचार्य ९८६६२०६९३५, सहसचिव शंकर चौधरी ९८०९७७७४८७, कोषाध्यक्ष हस्त बहादुर वली ९८१४५६७२६६, युवा सल्लाहकार प्रविण योगी ९८२२८२८००७ सम्पर्क गरी सहयोग गर्न सकिने समेत जानकारी दिए ।