
तुलसीपुर, ५ वैशाख : गोरखामा काम गर्दै आएका मजदुरहरुलाई तुलसीपुर उपमहानगरपालिकाले अमिलियाबाट उद्धार गरेको छ ।लकडाउनका कारण विभिन्न साधनको प्रयोग गर्दै त्यहाँ अलपत्र अवस्थामा रहेको तुलसीपुर २ कुमलगढीका ७ जना कामदारलाई शुक्रवर उद्धार गरिएको हो ।
उनीहरुले उपमहानगरपालिकामा आफुहरुको उद्धार गर्न आग्रह गरेका थिए । उपमहानगरपालिकाको गाडीले अमिलियाबाट उद्धार गरेर ल्याएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनीहरु सबैलाई कुमलगढीको सामुदायिक होम क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुलाई त्यहाँ १४ दिन सम्म राखिने छ । विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले क्वारेन्टाइनमा सबै सुविधा उपलब्ध हुनेजानकारी दिए ।