
तुलसीपुर : तुलसीपुर बजार आइतबारदेखि साँझ ५ बजेसम्म खुल्ने भएको छ । दिउँसो १२ बजेसम्म व्यपार व्यवसाय संचालन हुँदा अत्याधिक भिडभाड बढेपछि आइतबारदेखि लागु हुने गरी अबदेखि साँझ ५ बजेसम्म बजार खुल्ने भएको हो ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
“सामाजिक दुरी र अन्य सुरक्षा व्यवस्था अपनाएर साँझ ५ वजेसम्म बजार खुला गर्ने निर्णय भएको छ” विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको अवस्था हेरेर समय हेरफेर गरिने भएको छ ।
असार मसान्तको समयमा १२ वजेसम्म मात्रै पसल खोल्दा व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न व्यवसायीक संगठनहरुले अनुरोध गर्दै आएका थिए । ५ वजेसम्म पसल खोल्न निर्णय गरेपनि भिडभाड हुने होटेल, जिम क्लव, नाइ लगायतका पसल भने नखुल्ने भएका छन् ।