दाङ : तुलसीपुर नगर जेसिजले दाङका ३ अस्पताललाई २० वटा अक्सिजन हस्तान्तरण गरेको छ । सोमबार तुलसीपुर ८ अश्वारामा रहेको कोरोना अस्पताल (मेट्रो हस्पिटल)लाई ८ वटा, कोरोना विशेष अस्पताल बेलझुण्डीलाई १० वटा र बबई गाउँपालिकाले संचालन गरेको कोरोना अस्पताललाई २ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको तुलसीपुर जेसिजका बर्ष २०२१ का उपाध्यक्ष एवं कार्यक्रम संयोजक थुमन बिश्वकर्मा ( सितल)ले जानकारी दिए । ति अक्सिजन सिलिण्डरहरु तुलसीपुरको लागि उपमहानगरका मेयर घनश्याम पाण्डे, कोरोना विशेष अस्पताल बेलझुण्डीका ब्यवस्थापक दोर्ण बहादुर वली र बबई गाउँपालिकालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
यस्तो कोरोना महामारीका अक्सिजनको अभाव भइरहेको अवस्थामा ‘‘मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै २० वटा अक्सिजन सिलिण्डर अस्पतालहरुलाई सहयोग गरेको तुलसीपुरनगर जेसिजका वर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) जानकारी दिए । उनले आफुहरुले प्रदान गरेको अक्सिजन सिलिण्डरले थोरै भएपनि अस्पतालमा राहत पुग्ने विश्वास लिएको समेत बताए । त्यस्तै तुलसीपुरनगर जेसिजले हालसम्म विभिन्न समय र स्थानमा गरि ३६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ भने स्थानीय तह संग समन्वय गरी अक्सिजन व्यवस्थापन पनि गरिरहेको र आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने अध्यक्ष भट्टराईले जानकारी दिए ।