कृष्ण अधिकारी
दाङ : दाङको तुलसीपुर बेलुवा देखि दमारगाउँ हुँदै सल्यान लुहाम सडकखण्ड वर्षाका कारण हिलाम्मे र खाल्डाखुल्डी भएको छ । सडक वर्षाका कारण हिलाम्मे र खाल्डाखुल्डी हुँदा सवारी साधन चल्न सकेका छनन । सवारी साधन चल्न नसक्दा स्थानीयलाई बजार आउन र विभिन्न काममा समस्या परेको महालक्ष्मी टोल विकास संस्थाका कोषाध्यक्ष तुल्सी केसीले जानकारी दिए । सो सडक भएर बिरामी हुँदा एम्बुलेन्स समेत गाउँमा जान समस्या परेको छ । पटक पटक सो सडकको बारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि चासो नदिएको स्थानीयवासीहरू बताउँछन् । सम्बन्धित निकायले ध्यान नदिएको भन्दै महालक्ष्मी टोल विकास संस्थाले सडकमा गिट्टी हाल्ने जनाएको सञ्चारकर्मी मदन मुस्कानले जानकारी दिए । स्थानीयबासीले समस्या परेको भन्दै टोल विकास संस्था बाटो बनाउन तयारी गरेको कोषाध्यक्ष केसीले बताए ।