
शरद रेग्मी
तुलसीपुर, २४ जेठ : तुलसीपुर उद्योग बाणिज्य सघंले नया सभाहलमा २५ बेडको आईसोलेसन बेड निर्माणका लागि हल उपलब्ध गराएको छ । उपमहानगरपालिकाको प्रस्ताबमा नेपाली सेनाले वार्ड निर्माणको काम सुरु गर्ने तयारी गरेको छ ।
कोरोना महामारीका सक्रमितहरु देखिन थालेपछि पश्चिम दाङमा सबैभन्दा पहिला निर्णय गरेर ५ बेड सहितको सभाहल उपमहानगरलाई हस्तान्त्रण गरेको अध्यक्ष बिर बहाहुर रावतले जानकारी दिए । अहिले दिनप्रतिदिन कोरोनाका बिरामीहरु बढन थालेपछि बाणिज्य संघले स्वास्थ्य सेवाकालागि सभाहल उपलब्ध गराएको हो ।
जहाँ यस क्षेत्रको उपचारका लागि संघमा र राप्ती लाईफ केयरको अस्पलाल परिसरमा २५÷२५ बेडको आईसोलेसन वार्ड स्थापना गरिदै छ ।