तुलसीपुर, दाङमा यहि फागुन १६ देखी २६ गते सम्म राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दादुरा रुबेला खोप २०७६ कोे अभियान सञ्चालन हुन लागेको छ । सोमबार तुलसीपुरमा जनप्रतिनिधी तथा स्वास्थ्य कर्मीसंग तुलसीपुर स्वास्थ्य महाशाखाले यसको बारेमा अभिमुखिकरण गरेको छ ।
उपमहानगरका कार्यबाहक प्रमुख एवं खोप समन्यव समितीका अध्यक्ष सुर्य बहादुर डाँगी (श्याम)को अध्यक्षतामा एवं जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख जनस्वास्थ्य अधिकृत सुनिता पौडेलेका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जनस्वास्थ्य अधिकृत पौडेलले नेपालले सन् २०१९ मा दादुरा रुबेला रोगको निवारण गर्ने लक्ष्य भएता पनि अझै केहि जिल्लाहरुमा यसको समस्या देखिएकाले सन् २०२३ सम्म यो निवारण गर्ने उदेश्यका साथ यो अभियान शुरु हुन लागेको बताईन् ।
त्यसैगरी उनले खोप अभियानसंगै तराईका १९ जिल्लामा पोलियो थोपा खुवाईने अभियान पनि रहेको बताईन् । सन् २०१४ मा नेपाललाई विश्व स्वास्थ्य संगठनले पोलियो नियन्त्रण देश भएको भनेता पनि यसलाई उन्मुख गर्नको लागी अहिले तराईका १९ जिल्लामा र खोप र पोलियोको अभियान समेत शुरु भएको उनको भनाई छ । पोलियोलाई यो पनि सन् २०२३ सम्ममा नेपालबाट उन्मुख बनाउने लक्ष्य लिएको उनले बताईन् ।
त्यसैगरी प्रमुख पौडेलले अभियान सफल बनाउन जनप्रतिनिधीहरुले सहयोग गर्नु पर्ने समेत बताईन् । हामीहरुले मात्र गरेर यो अभियान सफल हुदैन्, उनले भनिन्,‘यो अभियान सफल पार्नको लागी तपाईहरुले साथ दिनुपर्छ । ’ त्यसैगरी उनले यो अभियान हात्तिपाईले रोग विरुद्ध औषधी खुवाउने समस्या नहुने समेत बताईन् । हामीलाई हात्ति पाईले रोगको औषधी खुवाउँदा जति समस्या हुन्छ, खोपमा त्यसो हुदैन्,उनले भनिन,‘ यो खोपमा सबै आउनु हुन्छ, तर कोही छुटेको भए उनीहरुलाई पत्ता लगाई अभियान ल्याउनु पर्छ ।’
त्यसैगरी उनले यो खोप अभावमा बालबालिकामा अन्धोपना हुने, पखाला लाग्ने, कान पाक्ने निमोनिया हुने जस्ता समस्या देखिने भएकाले समय समयमा खोप प्रदान गर्न आवश्यक रहेको समेत बताईन् । त्यसैगरी उनले दाङमा दादुरा रुवेला खोप अभियान सफल गर्नको लागी प्रत्येक वडाले ९५ प्रतिशत लक्ष्य पुरा गर्नु पर्ने समेत बताईन् । त्यसैगरी दाङको देउखुरी क्षेत्र राजपुर गढवा, बेलामा करिब ४ महिना पहिले यो रोगले महामारीको रुपमा लिएको भन्दै उनले अहिले दाङ अन्य जिल्लाकोे तुलना बढि जोखिम देखिएको समेत बताईन् । त्यति बेला करिब ४८ जनालाई यो रोग सरेको थियो । यो रोग सरुवा पनि हो ।
त्यसैगरी कार्यक्रममा बोल्दै उपमहानरका जनस्वास्थ्य महाशाखा प्रबन्धका प्रमुख ओ.पी न्यौपालेले खोप कार्यक्रम जनस्वाथ्य कार्यक्रमको मुख्य कार्यक्रम भएकाले यसमा सबैले साथ दिई अभियान सफल पार्नु पर्ने बताए । त्यसैगरी उनले यो अभियान सफल पार्नको लागी २ लाख ३९ हजार बजेट आएरको त्यहि अनुसार आफुहरुले काम गर्ने बताए ।
त्यसैगरी तुलसीपुर उपहानगरपालिकाका १९ वटा वडाहरुमा १३० वटा खोप केन्द्र रहने र त्यसमा १ जना स्वास्थ्य कर्मी २ जना स्वंमसेविका रहने गरी कुल १४५ स्वास्थ्य कर्मी र २७० स्वंमसेविकाहरु खट्ने महाशाखाका जनस्वाथ्य अधिकृत विमल केसीले बताए ।
कार्यक्रममा तुलसीपुर उपहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र कुमार शाह, वडा नम्बर ७ का अध्यक्ष टोप बहादुर केसी र नगरस्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।