तुलसीपुरका बैंक तथा वित्तिय संस्थालाई सामाजिक दुरी कायम गरेर मात्रै कारोवार गर्न निर्देशन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २९ गते सोमवार


तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालन भएका बैंक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा सामाजिक दुरी कायम गरेर मात्रै कारोवार गर्न निर्देशन दिइएको छ । वित्तिय संस्थामा भिड धेरै भएपछि यस्तो निर्णय गरिएको कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले बताए । वित्तिय संस्थाहरुमा अव्यवस्थित ढँगले कारोवार हुने गरेको पाएपछि यस्तो निर्णय गरिएको पनि उनलृ बताए । सोमबार तुलसीपुर वित्तिय व्यवस्थापन समितिको बैठकमा बोल्ने अधिकांशले कोरोना संक्रमणबाट जोगिने सुरक्षा अपनाएर अत्यावश्यक कुरा सञ्जालन गर्न आग्रह गरेका थिए । त्यसैगरी यो भन्दा अगाडि निर्णय गरिएको हरेक दिन २ घण्टा मात्रै पसल सञ्चालन गर्ने निर्णयलाई सच्याएर ३ घण्टा नै सञ्चालन गरिने भएको छ । २ घण्टा मात्रै पसल सञ्चालन गर्दा धेरै भिडभाड भएको भन्दै यस्तो निर्णय गरिएको वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले बताए । त्यस्ता ठाउँमा मानिसको बाक्लो भिड हुन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि स्वयसेवक परिचालन समेत गरिने भएको छ । बैठकले टोलको सिफारिस वा वडा र उपमहानगरपालिकाको समन्वयमा यस्तो विभिन्न युवाहरुलाई परिचालन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सरकारले विकास निर्माणको कामलाई गतिदिने निर्णयलाई सम्मान गर्दै बुधवार बिहान ६ देखि १० र शनिवार विहान ६ देखि साँझ ६ बजेसम्म हार्डवेयर पसल खोल्न दिइने निर्णय भएको कार्यवाहक नगरप्रमुख लामिछानले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार