दाङ : तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटोल संचालकसंग समन्वय गरेर अटोलाई लकडाउन भरी एम्बुलेनसका रुपमा प्रयोग गर्ने गरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए । तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहजरुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले जानकारी दिए ।
यसैबिच अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ । सो अवसरमा नगर प्रमुख पाण्डेले अफुहरु अहिले कोरोनासंगको युद्धमा लडिरहेको बताउँदै जितेर छाड्ने बताए । जिल्लामा अहिले ७२ वटा स्थानियतह, अस्पताल तथा विभिन्न संघसंस्थाहरुका एम्बुलेन्सहरु संचालनमा छन् । तुलसीपुर क्षेत्रमा मात्र २७ वटा एम्बेलुन्सहरु संचालनमा हुदै आएका छन् ।