तुलसीपुरका मेयरद्धारा मानविय एकताको शुभकामना

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १२ गते बुधवार


दाङ : तुलसीपुर उपमहानरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सबैमा मानव सेवा, शान्ति, सद्भाव, समधुरभाव र मानविय एकताको शुभकामना दिएका छन् । २५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिदैँ नगर प्रमुख पाण्डेले कोभिड–१९ विरुद्धको कठिन संघर्षमा उभिएको बताउँदै कोरोना विरुद्धको संघर्षलाई सार्थक बनाउन निधेषाज्ञाको पूर्णरुपमा पालना गरेर घरमै सुरक्षीत बस्न आग्रह गरे । बढ्दो कोरोना महामारी संक्रमण रोक्न र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन स्थानीय सरकार लागि परेको बताउँदै संकटको घडिमा हरेक तह र तप्काबाट मानव सेवामा सहयोग पु¥याउने सबै नागरिक प्रति नगर प्रमुख पाण्डेले धन्यवाद ज्ञापन गरेका छन् । संक्रमण रोक्न, संक्रमितको आत्मबल बढाउन र उपचारलाई प्रभावकारी बनाउन सबैले सहयोगीभूमिका खेलौं । यस अवसरमाकोभिड—१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक, एवम् अग्रमोर्चामा खटिएका सबैप्रति म उच्च सम्मान व्यक्तगर्दछु शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार