
दाङ : दाङमा ट्याक्टरले मोटरसाईकलाई ठक्कर दिदाँ एक प्रहरी जवान मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका १४ का २७ बर्षका मोटरसाईकल चालक प्रहरी जवान जीतेन्द्र चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
आईतबार दिउसो करिब १२ बजेतिर तुलसीपुरबाट दंगीशरण गाउँपालिका १ रामपुर तर्फ गईरहेको लु ५८ प १८४३ नम्बरको मोटरसाईकलाई विपरित दिसाबाट आइरहेको रा १ त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुर २ कुमालगैरीमा ठक्कर दिदाँ गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा करिब १ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।
मृतक चौधरी ईलाका प्रहरी कार्यालय सुनौवलमा प्रहरी जवानमा कार्यरत रहेको प्रहरीले बताएको छ । मृतक चौधरी दंगीशरण गाउँपालिका १ रामपुर स्थित ससुरालीमा जाँदै थिए । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।