
घोराही : घोराहीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा प्रर्दशन गरिएको छ । बुधवार दाङको घोराहीमा स्वतन्त्र युवा विद्यार्थी अभियानको नाममा विरोध प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै (नेकपा)का नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।
‘आजलाई होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई’, ‘देशको मुहार फेर्नु छ साथी,पार्टी भन्दा राष्ट्रमाथि’,‘आई एम विथ केपी ओली’, ‘नागरिकता विधेयक पारित गर’ भन्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
विरोध ¥याली पछि भएको कोणसभालाई सम्वोधन गर्ने व्यक्तिहरूले राष्ट्रिय र जनजीविको सवालमा स्पष्ट अडान लिने प्रधानमन्त्री ओलीलाई हटाउन खोज्नु दुभाग्य भएको बताएका थिए ।