दाङ : दाङमा प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय राकेश बस्नेत र सोही ठाउँका २७ वर्षीय अंकित रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बस्नेतले आफ्नै घरकोठामा अवैध लागूऔषध ब्राउन सुगर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको शुक्रबार दिउसो साढे ४ बजेतिर उनी सुत्ने कोठा बाट लागूऔषध ब्राउन सुगर २ ग्राम १७० मिलिग्राम र नगद ९ हजार ८ सय समेत फेला पारि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । बस्नेत र उनी सँगै रहेका रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।