खानीजन्य पदार्थ बजेटको उद्देश्य एकातिर, विरोध अर्कातिर‘ कठै हाम्रो नियति’ : मुख्यमन्त्री पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १९ गते बुधवार


दाङ :  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ लगाएत अन्य नेताहरूले ढुंगा, गिट्टी, बालुवा निकासीको बारेमा बजेटमा प्रस्तुत गरेको विरोध गरेपछि नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बजेटको उद्देश्य एकातिर र पूर्वप्रधानमन्त्रीहरुको वक्तव्य अर्कातिर भएको बताएका छन्। उनले बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खानीजन्य पदार्थको निकासीका बारेमा बजेटको उद्देश्य फरक रहेको समेत धारणा व्यक्त गरेको छन् । उनले भनेका छन्,‘ खानीजन्य पदार्थको निकासीका बारेमा उद्देश्य एकातिर, मुकुलका पूर्व प्रधानमन्त्रीको विरोध वक्तव्य अर्कातिर । कठै हाम्रो नियति ? त्यस्तै उनले बुधवार बिहान पनि यही विषयमा आफ्नो धारणा फेसबुकमा धारणा राखेका थिए । उनले बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदीखोलाको ढुंगा – बालुवा वा चुरे उत्खनन निकासी गर्न अनुमति नदिएको बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकारले यस विषयमा केन्द्र सरकारलाई समेत यसअघि नै ध्यानाकर्षण गराउँदै आएको बताएका छन् ।

देशैभर नदीजन्य पदार्थबाट प्राप्त हुने निर्माण सामाग्रीको अभाव रहेको उनको भनाइ छ । साथै मुख्यमन्त्री पोखरेलले सरकारले अघि सार्न खोजेको वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रुपमा छुट्याएर निकासी गर्न अनुमति दिनु पर्ने बताएका छन् । त्यस्तै उनले खानी परिचालन गर्दा सडक यातायातमा समेत असर पर्न नदिनेगरी रोपवेको प्रयोग गर्ने नीति सरकारले अघि सारेको बताएका छन् । यस्तो नीतिको अवलम्बन गरेमा चुरेमा हुने अवैध उत्खनन समेत रोकिनुका साथै तराईको खेती योग्य जमिनको पनि सुरक्षा हुने र नेपालको व्यापार घाटालाई रोक्न मद्दत मिल्ने समेत उनको भनाइ छ । साथै उनले नेपालको विकासका लागि विदेशी ऋणलाई कम गर्न सहयोग पुग्ने बताएका छन् । त्यस्तै उनले यस्तो विषयलाई लिएर चुरे क्षेत्रको विनास संग जोडेर भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् । चुरे क्षेत्रको संरक्षणमा योगदान गर्न सक्ने कार्यक्रमको रुपमा लिन पनि उनले भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार