कोरोना संक्रमणबाट बबईकी एक महिलाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २६ गते आइतवार

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप एक कोरोना संक्रमित  महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ४ की २७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनको आइतवार विहान १२ ः३० बजे मृत्यु भएको  अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।   उनी शनिवार मात्र अस्पतालमा एचडीयूमा भर्ना भएकी थिइन् । उनलाई  अनिमोनियासगै स्वासप्रस्वास सम्बन्धि समस्या र कोरोना पुष्टि भएको  अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार