दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ की ४९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । उनको बिहीवार विहान १ बजे मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी यहि बैशाख २४ गतेदेखि अस्पतालमा एचडीयूमा भर्ना भएकी थिइन् । उनलाई निमोनिया सगै श्वास–प्रश्वास सम्बन्धि समस्या र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालमा बुधवार सम्म ८३० जना संक्रमित भर्ना भएको र ति मध्ये ७११ जना कोरोना जितेर डिस्चार्ज भएको अस्पतालले जनाएको छ । साथै २१ जनालाई थप उपचारको लागि बाहिर रिफर गरिएको र ३९ जनाको मृत्यु भएको ब्यवस्थापक वलीले जानकारी दिए । अस्पतालमा बुधवार ५९ जना संक्रमितहरु उपचाररत थिए ।