कोरोना संक्रमणबाट घोराहीका थप २ जना पुरुषको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २५ गते शनिवार


दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा शनिवार साँझ थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका १२ का ७५ वर्षीय पुरुष र घोराही १८ का ५५ वर्षीय पुरुष रहेको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । घोराही १२ का पुरुष अस्पतालमा शनिवार एचडीयूमा उपचाररत थिए । उनको साँझ ६ बजे मृत्यु भएको हो । त्यस्तै वडा नं. १८ का पुरुष यहि बैशाख २२ गते आइसियूूमा भर्ना भएका थिए । उनको साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुलाई निमोनिया, श्वास प्रश्वास सम्बन्धि समस्यासंगै कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।

त्यस्तै शनिवार विहान तुलसीपुर ५ का ६७ बर्षीय पुरुषको पनि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ब्यवस्थापक वलीका अनुसार अस्पतालमा शनिवार ७७ जना उपचाररत थिए । ति मध्ये ५ जना आइसियू र ७२ जना एचडीयूमा छन् । त्यस्तै हाल सम्म अस्पतालमा ६८१ जना निको भएर डिस्चार्ज भएको उनको भनाइ छ । त्यसैगरी अस्पतालमा हाल सम्म २८ जनाको मृत्यु भएको छ, भने १७ जनालाई उपचारको लागि बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार