दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमित विरामीहरुका लागी आवश्यक पर्ने अक्सिजन सिलिण्डरको अभाव भइरहेको समयमा १४२ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको विशेष पहल तथा प्रदेश स्वास्थ तथा जनसंख्या मन्त्रालयका स्वास्थ सचिब डाक्टर बिकाश देवकोटाको समन्वयमा अस्पतलालाई १४२ वटा ठुलो सिलिन्डर अक्सिजन प्राप्त भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।व्यवस्थापक वलीका अनुसार उक्त सिलिण्डर सोमवार विहान ४ बजे अस्पतालमा ल्याईएको हो । यस्तो संकटको समयमा प्रदेश सरकारले गरेको सहयोग प्रति अस्पतालले मुख्यमन्त्री पोख्रेल र स्वास्थ्य सचिवलाई धन्यावाद ज्ञापन गरेको व्यवस्थापक वलीले जानकारी दिए ।