कोरोना अस्पताल बेलझुण्डीमा तुलसीपुरका थप ४ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ३ गते सोमवार

दाङ :  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा सोमवार थप तुलसीपुरका ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ की ८४ वर्षीय महिला, वडा नं. १८ का ५५ वर्षीय पुरुष, वडा नं. १० की ६० वर्षीया महिला र वडा नं. ७ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनीहरुको क्रमश : सोमवार मध्यान्न १२ : १५ बजे, बिहान ८ : ३५ बजे, बिहान ११ : ४५ बजे र दिउँसो १ :३१ बजे मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । उनहरु सबैको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । यससंगै असपतालमा हाल सम्म १६ जना महिला र ३२ जना पुरुष गरि ४८ जनाको मृत्यु भएको छ । अस्पतालमा हाल सम्म ८६२ जना भर्ना भएका र ति मध्य ७३१ जनाले कोरोना जितेको ब्यवस्थापक वलीले जानकारी दिए । त्यस्तै अहिले सम्म २३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको समेत उनको भनाइ छ । सोमवार अस्पतालमा २४ जना महिला र ३६ जना पुरुष गरी ६० जना संक्रमितहरु रहेको अस्पतालले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार