कोरोना अस्पताल बेलझुण्डीमा तुलसीपुर उबासघले भिजिटरकक्ष निर्माण गर्दै

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २३ गते बिहिवार


शरद रेग्मी
दाङ  :  कोरोना विशेष अस्पताल बेलझुण्डीमा तुलसीपुर उद्योग बाणिज्य सघंले भिजिटर कक्ष निर्माण गर्ने भएको छ । बिरामीका कुरुवाहरु बस्ने ठाउँ नभएर चर्को घाम र खुल्ला चौरमा बस्नु परेपछि ब्यबस्थापक दोर्ण वलीको आग्रहमा पचास थान कुर्सी सहितको त्रिपाल लगाएर भिजिटर कक्ष निर्माण गर्न लागेको महासचिब बिनिल केसीले जानकारी दिए ।बिहीबार सघंको अनलाइन बसेको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बाणिज्य सघंका पूर्वध्यक्ष बिमल रिजालको पहलमा नेपाल उद्योग बाणिज्य महासघंका पूर्वध्यक्ष पशुपति मुरार्का मार्फत सिलिण्डर सहितको अक्सिजन तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न लागेको ५० बेडको आइसोलेशनमासहयोग गर्ने निर्णय गरेको छ । बैठकले दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भैरहेकोले यस क्षेत्रका आम उद्योगी ब्यबसायीहरुलाई सहजरुपमा उपचार गर्ने वातावरण मिलाउन दोघरेमा रहेको सघको सभाहललाई आइसोलेसन स्थापना गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले नीजि क्षेत्रका ब्यबसायीहरु जस्तै दिनरात कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुलाई पनि आइसोलेशन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक पर्ने बित्तिकै सभाहललाई आइसोलेशनका लागि उपयोग गर्न स्थानिय तहलाई दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले यस क्षेत्रका आम उद्योगी ब्यबसायीहरुमा केहि स्वास्थ्य सम्बन्धि समस्या पर्न गएमा तत्काल सघंको सचिबालय वा पदाधिकारी,सदस्यहरुलाई सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।सो अबसरमा, पूर्वध्यक्ष बिमल रिजाल, बरिष्ठउपाध्यक्ष मिनराज भण्डारी , उपाध्यक्ष ललित जंग शाह, सल्लाहकार, अनुप कुमार श्रेष्ठ,प्रेस सल्लाहकार शरद रेग्मी,कोषाध्यक्ष देबबहादुर केसी, सचिब खुशलराम शर्मा,सदस्यहरु दिपेश भण्डारी ,रुपेश शर्मा, मदन केसी,पवन केसी लगायतले तत्काल मानविय सेवामा खटन आफुहरु जतिबेला पनि तयारी अबस्थामा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार