दाङ : घोराही उपमहानगरपालिका ९ अस्पारा निवासी ३८ वर्षीय युवा अमर क्षितिज भण्डारीले १० वर्ष सरकारी विद्यालय र २ वर्र्ष नीजि विद्यालयमा पढाए । गत वर्षको कोरोना महामारीमा लामो समय सम्म विद्यालय बन्द हुदाँ उनीलाई विद्यालय जाने बातावरण मिलेन् । त्यसपछि उनी कृषि क्षेत्रमा ब्यवसायी रुपमा लागेका छन् । अहिले भण्डारीले करिब २५ कठ्ठा जमिनमा विभिन्न तरकारी खेती गर्दै आइरहेकोे बताए । उनले भने,‘ गत वर्ष लकडाउनले गर्दा विद्यालय पढाउन जाने बातावरण मिलेन् । अब यो पेशा भन्दा अरु केही गर्नुपर्छ भन्ने सोच आएपछि ब्यवसायी कृषि पेशामा लागेको छु । पहिला पनि कृषि त गर्दै आएको थिए । तर त्यो निर्वाहमुखी थियो । अहिले ब्यवसायीक रुपमा लागेको छु । १२ कठ्ठा आफ्नो र १२ कठ्ठा अरुको लिजमा लिएर शुरु गरेको छु ।’ उनले लकडाउनले गर्दा शिक्षक पेशा छाडेपछि अब अरु काम गर्नु भन्दा आफ्नै गाउँ ठाउँ मै केही गर्नुपर्छ, भन्ने मनमा लागेर यो पेशा रोजेको बताए । भण्डारी शिक्षक मात्र नभइ पत्रकार पनि हुन् । उनले दुबै पेशालाई माया मारेर कृषि पेशामालाई अंगालेका छन् । कृषि क्षेत्रमा लागेपछि आफुे एकदमै खुशी भएको समेत उनले बताए । ‘ माटोमा पसीना पोखेर अहिले भक्कर डल्लो हुन लागेको छ,’ उनले खुशी हुदै भने,‘ अहिले २÷३ महिना भयो । यो पेशामा लागेको बारीमा तरकारीका बोटहरु हुर्कदै, फल दिदै गरेको देख्दा हर्षको अनुभुति हुन्छ ।’
अहिले काँक्रा, भिन्डी, करेला, लौका तयारी भइसेको र तरकारीहरु हुने क्रममा रहेको समेत उनले बताए । अहिले सम्म आफुले ५ लाख लगानी गरिसकेको र अब करिब २५ लाख सम्म लगानी गर्ने योजना रहेको समेत भण्डारीले बताए । उनले तरकारीसंगै पुश पालनको योजना बनाएको समेत बताए । ‘ अहिले तरकारी खेती गरिरहेको छु । अब गाई र भैसी ल्याउन योजना रहेको छ । अहिले जति लगानी भएको छ । त्यो मलाई पछि फिर्ता हुन थाल्छ । जुन कुरामा पनि पहिला लगानी गर्नुपर्छ । त्यसपछि मेहेनतको फल पाइन्छ । अहिले तरकारीबाट फिर्ता हुन थालिसकेको छ,’ उनले भने । यसैगरी उनले नारामा नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा प्रधान नभएको गुनासो गरे । कृषि पेशामा अहिले सम्म कसैको प्राथामिकतामा नपरेको भन्दै उनले हेला, जुवा थाहाँ नपाउने मान्छे कृषि मन्त्री हुदाँ यस्तो अवस्था आएको समेत बताए । उनले थपे,‘ जसले कृषि पेशा गरेका छैन् । उसैले अनुदान पाएको छ । यदि ब्यवसायी रुपमा कृषिलाई अगाडी बढाउन सके देश र ब्यक्तिको उन्नती हुन्छ । नत्र यो कृषि प्रधान भन्ने नारामा मात्रै सिमित हुन्छ ।’
यदि साच्चिकै देशलाई कृषि प्रधान देशका रुपमा चिनाउने हो, भने राज्यले प्रविधितर्फ ध्यान दिनु पर्ने समेत उनको भनाइ छ । ‘ कृषकहरुले बर्षाैदेखि उही परम्परागत खेती गर्दै आइरहेका छन् । तर, उनीहरुको पेशा निर्वाहमुखी मात्र भएको छ । जब सम्म ब्यवसायी मुखी बनाउन सकिदैन् तब सम्म न त देश न त ब्यक्तिको उन्नती हुन्छ,’ उनले भने । त्यसैगरी उनले कृषि पेशा अँगालेका कृषकहरुको लागि स्थानिय सरकारले बिशेष प्याकेज ल्याउने पर्ने समेत बताए । उनले भने,‘ हामी जस्ता युवाहरु देशमा भन्दा विदेशमा पसीना बगाइरहेका छन् । यदि ३ तहको सरकारले युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गर्नको लागि ध्यान दिनु पर्छ । ब्यवसायी रुपमा कृषि पेशामा लाग्नेहरुको लागि ठोस योजनाहरु ल्याउनु पर्छ । वडाध्यक्षले मेरो वडाका कति छन् ब्यवसायी रुपमा कृषि गर्ने भनेर डाटा लिनु प¥र्याे । ’ त्यस्तै कृषकहरुले समय मै मल तथा उन्नत जातको विउँ पाउँनु पर्ने र कृषि उपकरणमा सहुलियत राज्यले वास्तविक किसानहरुलाई दिएमा राहत हुने समेत उनले बताए । साथै, उनले राज्यले किसानले उत्पादन गरेको बस्तुको बजारिकरण ब्यवस्था समेत गरिदिनु पर्ने बताए ।‘ अहिले किसानहरु भन्दा पनि विचौलियाहरुले धेरै नाफा खाएका छन् । हामी जो किसानहरु हाम्रो पसिनाको मुल्य समेत नपाउने अवस्था छ, ’ उनले भने ।