काठामाडौं : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । गच्छदारकी पत्नी निर्मला गच्छदारको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी विगत दुई हप्तादेखि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । यसैक्रममा कांग्रेस सभापति देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका कांग्रेस नेताहरुले गच्छदार पत्नीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस