एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २४ गते सोमवार

 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन्। आइतबार बेलुकी एक विज्ञप्ति जारी गर्दै ओलीले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने र पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अघि बढाउने प्रस्ताव गरेका छन्। बरिष्ठ नेता माधवकुमार नेपाल लगायत असन्तुष्ट पक्षका सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।यसबीचमा भएका गल्ती एवं कमी कमजोरीलाई लिएर कसैलाई पनि कारबाही नगर्ने तथा कसैप्रति भेदभाव र पूर्वाग्रह नराख्ने प्रस्ताव उने राखेका छन्।

‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्। मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन्। सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ। आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ ओलीले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार