काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको लागि बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका उम्मेद्धवार रामबहादुर थापालाई अत्यधिक बहुमतले जिताउन अपील गरेका छन् ।अध्यक्ष ओलीले आज जारी गरेको अपीलमा निर्वाचनले एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउने बताउदै थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गरेका छन् ।अपीलमा भनिएको छ, ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ ।
तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’ अध्यक्ष ओलीद्वारा जारी अपीलमा थप भंएको छ, ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आप्mनो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’