उपत्यकामा १५ दिन लम्बियो निषेधाज्ञा

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २८ गते मङ्गलवार

 

 

काठमाडौं  : काठमाडौं उपत्यकाका तीनै जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिए । पसल खोल्ने समय बिहान १० बजेसम्म पुराइएको छ, । पार्टी प्यालेसमा विवाह र व्रतबन्ध रोक्ने र अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए ।  सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्नसक्ने अधिकार दिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार