आज सार्वजनिक बिदा, दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २५ गते बिहिवार

काठमाडौं : सरकारले बुद्ध जयन्तीका दिन आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ।  मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीद्वारा दीप प्रज्वलन गर्न आग्रह प्रधानमन्त्री केपी शर्माओलीले  २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।  उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनकाप्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार