तुलसीपुर : युवा वैज्ञानिक मार्शल रोकाले भिमसेन शहरी प्रवर्दन केन्द्र अश्वाराको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइनको व्यवस्था गर्ने बताए । २० वटा वेडलाई पुग्नेगरी अक्सिजनको पाइपलाइन बिस्तार गर्न लागेको वैज्ञानिक रोकाले बताए । अक्सिजनको चरम अभाव हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन युवा वैज्ञानिक रोकालाई आइसोलेसन सेन्टरमा बोलाएका थिए । नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोका विच अक्सिजनको विकल्पमा गर्न सकिने उपाय र खोजिका विषयमा पनि गम्भिर छलफल भएको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस